२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

महिला फुटवल टिमलाई कृषि विकासको साथ, प्रोत्साहन स्वरुप ६ लाख ७० हजार रुपैयाँ प्रदान



काठमाडौँ । कृषि विकास बैंकले नेपाली महिला फुटवल टिमलाई ६ लाख ७० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यहरुलाई प्रोत्साहन स्वरुप उक्त रकम प्रदान गरेको हो । West Asian Football Federation Women’s Championship 2024 प्रतियोगितामा नेपाली महिला फुटवल टिम उपविजेता हुन सफल भएकोमा उक्त रकम बैकले वितरण गरेको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रदान गरेको सो रकम २३ खेलाडीलाई जनही २५ हजार,मुख्य प्रशिक्षकलाई १५ हजार, ३ जना प्रशिक्षकलाई जनही १०हजार , टिम म्यानेजरलाई १०हजार,फिजियोथेरापिस्टलाई १० हजार एन्फालाई १० हजार, हेड अफ डेलिगेट्सलाई १० हजार, अफिसियललाई १०हजार प्रदान गरिएको बैंकका बजार तथा बिक्रि विभागका वरिष्ठ शाखा प्रमुख धुर्ब पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ”महिला खेलाडीहरुलाई मनोवल बढाउन र प्रोत्साहन स्वरुपमा हामीले यो बिभिन्न शिर्षकका यो रकम प्रदान गरेका छौँ ।” यस अघि कृषि बिकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगर्त शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १० : ०४ बजे