९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

सिटौला बने कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेता



काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन् ।
सभापति देउवाले कांग्रेसले संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा ९१० बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेको हो ।

कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ९ : ४४ बजे