९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक , यस्ता छन् एजेण्डा



काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिनको १:०० बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, यसअघि केन्द्रीय सदस्यहरूलाई काम गर्न चाहेका क्षेत्रबारे खुलाउन दिइएको फारम, हामी तयार छौं अभियानलगायत विषयमा छलफल हुनेछ। केन्द्रीय समिति बैठक चार-पाँच दिनसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, मंगलबार  २ : २६ बजे