काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिनको १:०० बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका हुन अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, यसअघि केन्द्रीय सदस्यहरूलाई काम गर्न चाहेका क्षेत्रबारे खुलाउन दिइएको फारम, हामी तयार छौं अभियानलगायत विषयमा छलफल हुनेछ। केन्द्रीय समिति बैठक चार-पाँच दिनसम्म चल्ने बताइएको छ ।
९ मंसिर २०८३, मंगलबार
375
Shares





