काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निर्वाचन प्रणाली बदल्न बहस गर्नुपर्ने बताएका छन् । आज ललितपुरको एक कार्यक्रममा बोल्दै थापाले मिश्रित निर्वाचन प्रणालीले साना दललाई च्याखे थाप्ने अवसर प्रदान गरेको भन्दै राजनीतिक भ्रष्टिकरण रोक्न अब प्रणालीमा बहस हुनुपर्ने बताए । उनले भने,” पछिल्लो राजनीतिक घटनाक्रमले कसले कसलाई धोका दिन्छ, त्यो हिसाव किताब छैन,यो मानेमा सबैलाई चेत खुलेको छ कि यो घटनाले एउटा सन्देश दिएको छ ,चुनाव अघिको गठनबन्धले पनि स्थिरता दिने स्थिती रहेन । अब कसैले पनि चुनाव भन्दाअघि गठबन्धन गर्ने कल्पना गर्दैन । नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र थप खोक्रो बनाउँथ्यो । अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन ।”महामन्त्री थापाले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाइएको भन्दै प्रणाली परिवर्तनको लागि ठुला दल एक हुनुपर्ने बताए ।
२७ फाल्गुन २०८०, आइतबार
0
Shares





