८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

संसदमा प्रधानमन्त्रीले आज विश्वासको मत लिने



काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँने कार्यक्रम रहेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।

प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले)लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका स्पष्ट बहुमत देखिएको छ । संवैधानिक व्यवस्थाका अनुसार सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ९ : ३५ बजे