काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आइतबारदेखि तीन दिने वन डढेलोको रोकथाम तथा नियन्त्रण तालिम सुरु गरेको छ । हिउँदमा अगालागीको उच्च जोखिम हुनेभएकाले आगालागी नियन्त्रको लागि नगरपालिकाले बिज्ञ जनशक्ति तयार गर्न तालिमको शुरुवात गरेको हो । तालिमको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाको नगर प्रमख घनश्याम गिरीले विपतको सर्तकता,पर्वतयारी, विपतमा पछिको नियन्त्रणको लागि नगरपालिकाले तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न तीन दिने तालिका सञ्चालन गरेको बताउनुभयो ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले आफ्ना १५ वटै वडा कार्यालयलाई विपद् पूर्व तयारीका लागि विपद् व्यवस्थापन सम्बन्धी आधारभूत सामग्री उपलब्ध गराउने जनाएको छ । चन्द्रागिरी नगरपालिका अधिकासं वडाहरु बनक्षेत्रसँग जोडिएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तय गरेका सामग्री उपलब्ध गराउने नगरप्रमख गिरीले बताउनुभयो ।
नगरपालिकाको स्वच्छ हावा कार्यक्रमको लागि अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसआइडी) को आर्थिक एवं प्राविधिक सहयोगमा रहेको छ । मिनी भ्यालिको रुपमा चिनिएको चन्द्रागिरीमा १२ वटा वडा वन क्षेत्रसँग जोडिएको छन् । नेपालमा मानवीय लापरवाहीका कारण ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको तथ्याकं छ।