काठमाडौं । नेकपा एमालेले इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनको लागि उम्मेद्वार टुगों लगाएको छ । आज बसेको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
सुहाङ दिवंगत नेता, संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा हुन् । हृदयघातबाट सुवासको गएको भदौ २६ गते निधन भएको थियो ।
यस्तै, बझाङ क्षेत्र नम्बर–१ ‘क’मा दमनबहादुर भण्डारीलाई उमेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । भण्डारी एमाले बझाङ जिल्ला अध्यक्ष हुन् ।