नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षामा हुने राजनीतिको एउटा पाटोको पटाक्षेप गरेका छन् । उनले प्रधानमन्त्री र शीर्ष नेताबीचको बैठकमा विश्वविद्यालय भागबण्डामा हुने सघन कुराकानीको बारेमा सार्वजनिक रूपमा बताएका हुन् । संवाद यात्राको क्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयमा छलफलको क्रममा उनले सो कुरा बताएका हुन् ।
‘नेपालको प्रधानमन्त्री वा सरकारका सबै जिम्मेवारीमा रहेका ठूला नेताहरुले कोठाभित्र बसेर कोठाभित्र छलफल भइहाल्यो भनेपनि युनिभर्सिटीको भागबन्डाको विषयमा हुन्छ’ उनले शिक्षामा व्याप्त राजनीतिकरणको पोल खोल्दै भने, ‘जो सरकारमा छ त्यो दलकै हुन्छ।’
त्रिभुवन विश्वविद्यालयको भीसी छनोट प्रकरणको विषयमा समेत उनले छनोट भएको व्यक्ति कुन दलको प्रस्टै चिनिने भन्दै यसले शिक्षा क्षेत्रलाई झनै नराम्रो असर गर्ने दाबी गरे ।