नेपाली काँग्रेस अभियानमा रहेका महामन्त्री गगन थापाले गठबन्धन राजनीतिप्रतिको तिक्तता व्यक्त गरेका छन् । दाङमा शनिबार आयोजित कांग्रेस अभियान अन्तरगत थारु संवादको कार्यक्रममा उनले काँग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने दृढटा व्यक्त गरेका हुन्।
‘यो भन्दा अगाडिको यात्रामा कुनैपनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनैपनि मतदाताले अव कलममा पनि भोट हाल्ने छैन।
हँसिया हथौडामा पनि भोट हाल्ने छैन्। गिलासमा पनि भोट हाल्ने छैन’उनले आगामी राजनीतिक भविष्यको चुनौती स्वीकार्दै भने भने,‘सके चुनाव जितौंला। नसके केही छैन् बरु, चकटीमै बसौंला तर,चुनावमा गठबन्धन हुने छैन।’
चुनाव अघि गरिने गठबन्धनले नेपालको लोकतन्त्रलाई विकृत बनाएको थापाको तर्क छ। फोहर सफा गर्न पार्टीको अहिलेको ताकतले नपुग्ने भन्दै उनले पार्टी भित्र हार्दिक एकता निर्माण गर्नुपर्ने भनाई उनको छ।
उनले पार्टीको आन्तरिक राजनीतिबारे चर्चा गर्दै निर्वाचनमा टिकट वितरणको बारेमा पार्टी भित्र विधि निर्माण हुनुपर्ने भनाई समेत राखे। ईलाममा हुने चुनावको विषयलाई लक्षित गर्दै उनले सो कुरा बताएका हुन् ।
‘सानेपाको एउटा कोठाबाट टिकट (उम्मेदवार) छानिँदा त्यसले कार्यकर्ता माझ अपनत्व लिँदैन’ उनले भने, ‘आफ्नो उम्मेदवार छान्ने जिम्मा तलका कार्यकर्तालाई नै दिइनुपर्छ ।’