१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

प्रतिनिधि सभाको बैठक बस्दै, सांसदका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने



काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्नुहुने, उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले “विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, “विमस्टेक बडापत्रलाई अनुमोदन गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ५९ बजे