६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सत्ता पक्ष र बिपक्षीको आ -आफ्नै रटानले संसद बन्धक बन्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी पीडितका विषयमा संसदीय छानबिन समिति नबनाएको भन्दै संसद् अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

मंगलबारको प्र्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेपाली कांग्रेसले आफ्नो संसदीय दलको निर्णय सुनाउँदै सरकारले प्रमुख प्रतिपक्षी दलले उठाएको गम्भीर विषय सम्बोधन नगरेर गलाउने रणनीति लिएको भन्दै आजदेखि संसद् नचल्ने जानकारी गराएको हो । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले कांग्रेसको धारणा राखेकी थिइन् ।

थिङले कुरा राखिसकेपछि नेपाली कांग्रेसका सांसदहरू उठेर संसद् अवरोध सुरु गरेका थिए । त्यसबीचमा सत्तापक्षबाट हात उठाएपछि सभामुखले रास्वपाका मनिस झालाई समय दिएका थिए । तर, कांग्रेसका सांसदहरुले उठेर टेबुल ठोकेपछि सभामुखले उनलाई रोकेका थिए । विपक्षी नेपाली काग्रेसले संसदीय समितिको माग राखेपनि सत्तापक्षले आवश्यक नभएको ठहर गरेको छ । यता बिपक्षी कांग्रेसले भने ससंदीय समिति बटमलाइन बनाएको छ । सत्ता पक्ष र बिपक्षीको आ आफ्नै रटानले संसद बन्धक बनेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : २४ बजे