काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिट दर्ता गरिएको छ । सर्वोच्च अदालतमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेका छन् । रिटमा सर्वोच्चले बुधबारलाई पेसी तोेकेको छ । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारलाइृ असैधानिक तरिकाले मुख्यमन्त्री नियुक्ति गरेको भन्दै कांग्रेस सर्वोच्च गएको हो । सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी सोमबार मुख्यमन्त्री बनेका हुन् । गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए । तर, अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका हुन् ।
बुधबार प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्नेछ ।





