काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुरमा नँया एक्सटेन्सन काउन्टर खोलेको छ ।
तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच तुलसीपुर उप–महानगरपालिका वडा नं. ६, मा मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टरको उुद्घाटन गरे ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ ।
नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
७ बैशाख २०८१, शुक्रबार
56
Shares