८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एमालेमाथि देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा खोइ ?



ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गरेका छन् ।
सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हीरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सभापति देउवाले प्रश्न गरे । मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ छ ।

उनले मदन भण्डारी आफूहरूको पनि नेता भएको चर्चा गर्नुहुँदै भने, “हत्यारा पत्ता लगाउने काम किन गरिएन ?”

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको बताए । सभापति देउवाले त्यसमा कांग्रेसले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
। सभापति देउवाले भने, ‘कांग्रेसलाई गाली गर्नुभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनेतर्फ लाग्नुस् ।”

सभापति देउवाले नेपाली कांग्रेस सधैँभर देशको महत्त्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरूबिच संवाद, सहमति र सहकार्यको नीति लिँदैआएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए। उनले संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ४७ बजे