८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

औषधि बिभागले अब फार्मेसीमै औषधीको परीक्षण गर्ने



काठमाडौँ । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।

औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ११ बजे