३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

उपनिर्वाचनमा लज्जास्पद हार पछि रास्वपाको प्रतिक्रिया : जनताले घण्टी बजाइदिए !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलामको उपनिर्वाचनमा मतदाताले सचेतको घण्टी बजाइदिएको प्रारम्भिक प्रतिक्रिया दिएको छ । रास्वपाले विज्ञप्ति जारी गरी मतदाताले घण्टी बजाइदिएर पार्टीलाई सचेत बनाइदिएको बताएका हुन् ।

“पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ,” विज्ञप्तिमा भनिएको छ, “सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।” उनले अहिलेको मतका लागि इलाम क्षेत्र नम्बर २ का मतदाताहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

“नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ, “साथै निर्वाचन अभियानमा समर्पित भई अथक परिश्रम गर्नुभएका पार्टी सदस्य तथा शुभचिन्तकहरूप्रति पनि हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गर्दछौं ।”

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ०८ बजे