८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

जसपा फुट्यो, बहुमत सांसद आफ्ना पक्षमा रहेको अध्यक्ष राजेन्द्रको दावी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्न भन्दै सांसदहरू हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् ।

पार्टी विभाजनका लागि अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, रञ्जु ठाकुर, हसिना खातुन र नवलकिशोर शाह सुडी रहेका छन् ।

सुडी वहावाला वनमन्त्री हुन् भने प्रदीप यादव जसपा संसदीय दलका प्रमुख सचेतक हुन् । यसैबीच विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरूसँग बहुमत भएको समेत दाबी गरेका छन् । सत्ता संकटको अवस्थामा पुग्ने आँकलनको बिच एमाले माओवादीको सत्ता समिकरणमा कुनै असर नपर्ने अध्यक्ष श्रेष्ठले दाबी गरेका छन् । उनले ु आफूहरू संघ र प्रदेश सरकारको निरन्तरताको पक्षमा रहेको पनि बताए

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : ५६ बजे