१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

कांग्रेसको आक्रोस गृहमन्त्री देशको कानुन भन्दा माथि हो ?



काठमाडौँ । नेपाली कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बताएको छ । आज सिंहदरबारमा सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि प्रश्न उठाइएपश्चात् संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको बताए । “गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ,” उनले भने, “प्रश्न उठेपछि छानबिन हुनुपर्छ ।

सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।” रवि लामिछाने कुनै एक ब्यक्ति मात्र नभएर मुलुकको गृहमन्त्री समेत भएको भन्दै प्रश्न उठेपछि छानबिन हुन नसक्नु कानुन भन्दा कोही मााथि नहुने बताए । सोही विषयमा लेखकले भने, “कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ?”व्यक्तिमाथि प्रश्न उठाइएपछि त्यसको छानबिन गरिनुपर्ने उनले बताए । संसदीय समिति बनाउन आवश्यक नरहेको सत्तापक्ष र छानबिन समिति बनाउनुपर्ने प्रतिपक्षी कांग्रेसको अडानबीच आगामी २८ गते बस्ने संसदको बजेट अधिबेनशन अनिश्चत हुने संकेत देखिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : ०१ बजे