२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

कोशी सत्ता : हिक्मत कार्कीले गरे मुख्यमन्त्रीमा दाबी पेस



बिराटनगर । कोशीमा प्रदेशमा नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका हुन्।

प्रदेशप्रमुख समक्ष कार्कीले बुझाएको हस्ताक्षर एमाले, माओवादी केन्द्र सँगै जसपाकी निर्मला लिम्बूले पनि हस्ताक्षर छ । कार्कीले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन्।

दाबी पेस लगत्तै कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। प्रदेश प्रमुख खापुङ हिजो राती भोलीसम्मको समय दिएर बहुमत सहित दाबी पेशेको लागि आह्वान गरेका थिए ।


प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १२ : ०९ बजे