१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

गगन थापाको प्रश्न : सभामुख ज्यू , हामीलाई हेपेको ?



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति बनाउन पटक पटक आग्रह गर्दा पनि सरकार अटेर गरेर प्रतिपक्षलाई पेलेर जान खोजेको बताएका छन् । संसद्को बजेट अधिवेशन सञ्चालन भएको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति बनाउन संसद देखि सर्वदलिय बैठकसम्म आग्रह गर्दा समेत पेलेर जान खोजको बताए । उनले भने ,” सभामुखले संसदमा सङ्याको आधारमा सरकार काम पेलेर जाने भन्ठान्नुभएको छ ? सदन मात्रै छ, सदन पनि छ । संसदीय समिति छानबिन नबनिकन अब सदनको कुनै पनि काम अगाडी बढ्दैन । अब संसद नचल्नुमा हामी जिम्बेवार छैनौ । सरकार, प्रधानमन्त्रीका काम प्रति हाम्रो बिश्वास छैन ।” विगतमा कांग्रेस लचक बन्दा समेत सरकार अटेर गरेर बसेको भन्दै सदन चल्न नदिने घोषणा गरेका हुन् । सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने चेतावनी दिए । उनले यसको जिम्मेवार कांग्रेस नहुने जिकिर गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : १२ बजे