काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ १ गते सम्मका लागि स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी बचत अपचलनको बिषयमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ । तर, सत्ता पक्षपक्ष भने समिति गठन गर्न सहमत देखिएको छैन । कांग्रेसले छानबिन समिति बटमलाइन बनाएको छ ।
आजबाट सुरु भएको संसद्को बजेट अधिवेशन सुरूमा बोल्दै कांग्रेस महामन्त्री गगन थापा बोल्दै समिति नबनेसमम सदन चल्न नदिने बताएका थिए । सरकार छानबिन समिति बनाउनको लागि तयारी नदेखिएपछि आक्रोसित कांग्रेसले दोस्रो पटक पनि बेल घेराउ गरेपछि सदन स्थगित गरिएको हो । अर्को बैठक जेठ १ गते साँझ ६ बजे ब। स्ने बताइएको छ । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेश गर्ने बताएको छ ।
२८ बैशाख २०८१, शुक्रबार
98
Shares