काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।
संघीय संसद्को संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ । उक्त कार्यक्रम प्रस्तुत गर्न दिनेरनदिनेबारे दलको बैठकबाट कांग्रेसले निर्णय गर्दै छ । नेपाली कांग्रेसले सहकारी अपचलनमा गृहमन्त्री रवि लामिछानेको मुछिएको भन्दै छानबिनको लागि संसदीय छानबिन समिति बटमलाइट बनाएको छ ।





