३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

इतिहासका प्रत्येक भोगाइ लेखेर राख्नुपर्छः अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो भनेका हुन।

उनले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने पनि बताए।

अध्यक्ष नेपालले नेकपा विभाजन र नेकपा ९एकीकृत समाजवादी० पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने जानकारी पनि दिए।

‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ,’ अध्यक्ष नेपालले भने।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  १ : १४ बजे