काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताए ।
बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताए । उनले आक्रोश व्यक्त गर्दै भने, “आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ?” उनले
केपी ओली सरहको नेताले यस्तो कुरा भन्न नसुहाउने बताए । सर्वोच्च अदालतले गिरीबन्धु टी–इस्टेट सम्बन्धमा गरेको फैसलाका पूर्णपाठमा कसको पालामा के निर्णय भएको थियो भन्ने उल्लेख छ ।
सर्वोच्चले हालै सार्वजनिक गरेको पूर्णपाठमा २०५२ जेठ ८ गते मन्त्रिस्तरीय निर्णयबाट हक हस्तान्तरण सम्बन्धी निर्णय भएको देखिएको थियो । त्यसबेला नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार थियो ।
एमाले अध्यक्ष केपी ओलीले हिजो संसदीय दलको बैठकमा गिरीबन्धु टि स्टेटको निर्णय कांग्रेसको पालामा अभिब्यक्ति दिएका थिए । कांग्रेसले यो विषय सदनमा जोडका साथ उठाउने तयारी गरेका छन् ।