१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा विपक्षी दलहरूको एकै स्वर



काठमाडौँ । संसदका सबै बिपक्षी दल सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने पक्षमा देखिएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले शुक्रबार नयाँ बानेश्वरमा राखेको छलफलमा सहभागी सदनका विपक्षी दलहरूले नेपाली कांग्रेसका मागमा समर्थन जनाएका छन्। छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

सहकारीमा नागरिकहरूले गरेको अर्बौं बचत अपचलन, हिनामिना र दुरूपयोग तथा ठगी भएको भन्दै कांग्रेसले सरकारलाई छानबिन गर्न माग गरिरहेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ। बिहिबारको बैठकमा अवरोधका बाबजुत सभामुख देवराज घिमिरिले कार्यसूची अगाडी बढाएपछि कांग्रेस र एमालको सांसदबीच धकेलाधकेलका स्थित समेत भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : १५ बजे