काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले राज्य संयन्त्रमा बसेर अनुसन्धान प्रभावित पार्ने काम गरेको दाबी गरेका छन् । आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले सरकारी अपचलनमा रवि लामिछानेमाथि पोखरामा उजुरी परेपनि गहृमन्त्री भएपछि अनुसन्धान रोकिएको तर्क गरेका छन् । आज संसदमा गृहमन्त्रीले आफु माथि कहि कतै उजुरी नपरेको महान्याधिबत्ताको कार्यलयमार्फत जानकारीमा आएको तर्क गरेका थिए । त्यस्तै थापाले रवि लामिछानेले नियम विपरित सहकारीबाट रिण लिएर गोरखा मिडियाको नाममा लिएको तथ्य कागजले पुष्टि गर्ने दाबी समेत गरेका छन् ।
“उहाँ (रवि लामिछाने)ले बोल्दा ९संसद् बैठकमा० म ध्यान दिएर सुनिरहेको थिएँ । गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको भन्नुभयो । तपाईंहरू पनि कतिपयले कम्पनी चलाउनुभएको होला, एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ रु,” प्रश्न गर्दै लामिछानेले भने, “उहाँले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर सिग्नेचर गर्नुभएको छ ।”
“उहाँविरुद्ध पोखरामा पूरक उजुरी परेको छ । त्यसमा सीआईबीले छानबिन गरेको छ । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी प्रत्येकमा उहाँको नाम छ । सुप्रिमको अभियोजन हुँदा उहाँको नामसहित अभियोजन छ । तर, विपक्षी मात्र बनाइएको छैन,” थापाले भने, “उहाँ गृहमन्त्री भएपछि सीआईबीले बैक खाताको कारोबार हेर्छु भनेको छ, त्यसलाई रोकिएको छ । छानबिन भइरहेका विषय उहाँ गृहमन्त्री भएपछि रोकेर अनुसन्धान गर्ने निकाय बचाउमा उत्रिनुपरेको छ ।”
त्यस्तै थापाले गृहमन्त्री रवि लामिछानेलाई नधम्क्याउन र नतर्साउन चेतावनी दिएका छन् ।
उनले पद र शक्तिमा भएको गृहमन्त्रीले छानबिन समिति बनाए सबैको फाइल खोल्न चुनौती समेत दिए ।





