६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यकक्षबाटै पक्राउ, जनकपुर लगियो



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । धनुषा प्रहरीको अनुरोधमा उपत्यका अपराध कार्यालयका एसपी रवीन्द्र रेग्मीको कमान्डमा कान्तिपुरको हेडक्वाटर पुगेको प्रहरी टोलीले सिरोहियालाई पक्राउ गरेको हो । उनलाई जनकपुर लगिएको छ ।
त्यसअघि सिरोहियाले आफूलाई गृहमन्त्री रवि लामिछानेविरुद्ध कान्तिपुरमा प्रकाशित समाचारको रिसिइबी साँध्न पक्राउ गरिएको जनाएका थिए । कान्तिपुर मिडियाले सहकारी अपचलनमा गृहमन्त्रीको संम्लग्नता रहेको भन्दै श्रखंलाबद्ध समाचार प्रकाशन गरिरहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ७ : ०४ बजे