२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर करोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १२ : ४८ बजे