काठमाडौँ । गिरिबन्धु टि स्टेटको बिषयमा एमालेप्रति कांग्रेसले प्रश्न उठाएपछि एमाले आक्रोसित बनेको छ । आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।
सोही बिषयलाई लिएर एमालेले कांग्रेसप्रति आक्रामक देखिएको छ । सोमबार बालुबाटारको बैठकपछि एमालेका उपाध्यक्ष बिष्णु पौडेलले सो बिषयको उठान गरेका छन् । कांग्रेसले नेकपा एमाले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाविरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाएको त्यसमा कांग्रेसले सार्वजनिक माफ माग्नुपर्ने बताए ।
उनले भने,” नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा छैन भन्नेकुरा पछिल्ला दिनका घटनाक्रमहरुले, पछिल्ला दिनका उसका अभिव्यक्तिले संकेत गरिरहेको छ । विशेष गरी एउटा असान्दर्भिक, अनुचित, आधारहिन, पूर्वाग्रहपूर्ण आरोपहरु लगाउादै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको छ पछिल्ला दिनमा नेकपा एमालेका बिरुद्ध, विशेष गरी हाम्रो पार्टीका श्रद्धेय अध्यक्षका बिरुद्ध प्रायोजित, पूर्वाग्रही, तथ्यहीन, गलत, भ्रामक, प्रतिशोधपूर्ण, आधारहिन लाञ्छनाहरुको प्रचार गरिरहेका छन्ु उपाध्यक्ष पौडेलले भने,ु सबैभन्दा पहिला नेपाली कांग्रेसलाई आधारहिन, अराजनीतिक लाञ्छनाबाट पछि हट्न आग्रह गन चाहन्छु । नेपाली कांग्रेस यदि यस प्रकारका आफ्ना अभिव्यक्तिहरुबाटपछि हट्दैन भने नेकपा एमाले यस्ता अभिव्यक्तिका विरुद्धमा राजनीतिक रुपमा प्रतिवादमा उत्रिन्छ ।”