८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वायु प्रदूषण बढेपछि नियन्त्रण गर्न कडाइ गर्दै चन्द्रागिरि नगरपालिका



काठमाडौँ । नगरक्षेत्रमा वायु प्रदूषण बढेपछि चन्द्रागिरि नगरपलिकाले निशुल्क सवारी वायु गुणस्तर चेकजाँच शिविरको सुरुवात गरेको छ । थानकोटको त्रिभुवन पार्क अगाडि संचालन भएको शिविरमा आज दोस्रो दिन पनि निजि तथा साज र्वजनिक सवारी साधनहरुले परिक्षण सेवा लिइरहेका छन् । सवारी परिक्षण कार्यालय टेकु , स्वच्छ हावा कार्यक्रम र सिप्रदी ट्रेडिङ प्रा लि को सहयोगमा संचालन भइरहेको उक्त कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने नगरपालिकाले दाबी गरेको छ ।

साथै आगामी दिनमा सवारी प्रदूषण नियन्त्रण गर्न थप कडाइ गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि पनि निशुल्क सवारी साधन परीक्षण शिविव सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ३ : २४ बजे