३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

गण्डकी प्रदेशका पाण्डेले जोगाए सरकार , फ्लोरक्रस गरेर पाए विश्वासको मत



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा उनले ३१ मत प्राप्त गरे ।

उनलाई कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी सांसद फणिन्द्र देवकोटाले विश्वासको मत दिएका हुन् ।सांसद देवकोटाले फ्लोरक्रस गरेपछि माओवादीसां र एमालेका सासंदहरुले नाराबाजी गरेका थिए ।

केन्द्रको सत्ता गठबन्धनमा रहेका दलका कुनै पनि सांसदले मत नदिने हो भने पाण्डेले कुनै हालतमा पाण्डेको बहुमत पुग्ने थिएन । माओवादीको चुनाव चिन्हमा निर्वाचन जितेका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरी पाण्डेलाई बिश्वासको मत दिएपछि माओवादीले कारबाही गर्ने बताएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : ४५ बजे