३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

केन्द्रिय सरकार मुखर्दशक बन्दा महानगरले गर्‍यो सिंहदरबारबाट तीन जना बालश्रमिकको उद्धार



काठमाडौँ । सिंहदरबार भित्र बालबालिका श्रमिकको रुपमा काम गरिरहेको भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । बुधबार काठमाडौं महानगरपालिकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा बालबालिकाहरु श्रम गरिरहेको अवस्थामा फेला पारेको छ । केन्द्रीय सरकार मुखदर्शक बनिरहेको यस घटनामा स्थानीय सरकारले पहल गरेको छ । महानगरपालिकाले सिंहदरबारभित्र रहेको क्यान्टिनबाट ती बालबालिका उद्धार गरेको हो ।

महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्यान्टिनमा कार्यरत तीन जना बालबालिकालाई उद्धार गरेको हो।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रमा राखिँदै आएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ५२ बजे