३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

५० कट्ठा जग्गामा गरेका छन् कुरिलो खेती, एकै सिजनमा कमाउँछन् ७ लाखसम्म



नवलपुर । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख नाफा गरेका छन्।

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर मुनाफा गरेका हुन्। सबै खर्च कटाएर सात लाख नाफा कमाएको उनले बताए।

मोक्तानले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्।

‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,ु उनले भने।

दैनिक ८० देखि सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए।

किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए। गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन्।

हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी ३० र थोकमा मूल्य २५० छ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन्।

विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका छन्।

उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन्।

आफ्ना अन्य उत्पादनले भन्दा कुरिलो खेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १२ : ३९ बजे