१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

कर्णाली प्रदेशमा ६ वर्षमा दुई अर्ब ८६ करोड आन्तरिक आम्दानी



सुर्खेत । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७९र८० सम्मको आन्तरिक राजस्व संकलन दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ । यो कुल राजस्व लक्ष्यको ९४।८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०र८१ मा प्रदेशको आन्तरिक राजस्व संकलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४।१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कुल बजेट भने एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ ।

एचबदजग द्यबलप
ब्नलष् न्चयगउ
ल्क्ष्ऋ ब्कष्ब
बजेटको संरचना हेर्दा चालुतर्फ ३७।४६ प्रतिशत र पुँजीगततर्फ ६२।५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए । विनियोजनको चालुतर्फ ६२।७१ प्रतिशत र पुँजीगततर्फ ५५।०१ प्रतिशत खर्च भई समग्रमा ५७।९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ ।

संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९।३८ प्रतिशत र पुँजीगततर्फ २९।८७ प्रतिशत खर्च भई समग्रमा ३७।९३ प्रतिशत खर्च भएको बताए । आर्थिक वर्ष २०७५र७६ देखि आव २०७९र८० सम्मको अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपूरक र विशेष अनुदानमा कुल २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी सात अर्ब ७८ करोड संघीय सञ्चित कोषमा फिर्ता भएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ५ : ५४ बजे