काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ड्यटीमा खटिएका प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्य भएको छ ।
संघीय संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोलेले बुधबार बिहान आफैमाथि गोली चलाएका हुन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार संसद भवनको २ नम्बर गेटका बायाँपट्टी रहेको शौचालय गएका उनले आफूले बोकेको इन्सास राइफलले आफ्नै निधारमा फायर गरेका थिए।
उनी बिहान ८ ः १५ बजे शौचालया मृत भेटिएकाए थिए ।
मृतक गोले दोलखाको मेलुङ गाउँपालिका-४ घर भई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई काठमाडौं उपत्यका प्रहरी कार्यालय संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





