३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

गृहमन्त्री रवि लामिछानेलेको दाबी : जिबी राईको लोकेशन पत्ता लागिसकेको छ



चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जिबी राईको लोकेशन पत्ता लागिसकेको बताएका छन्।

बिहीबार चितवन पगेका गृहमन्त्री रविले पत्रकारहरूसँग कुराकानी गर्दै मलेसियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भइरहेको र उनैले जिबी राईको लोकेशन कन्फर्म गरेको मन्त्री लामिछानेले बताए।

‘कहाँ छन् भन्ने थाहा भइसक्यो। गृहमन्त्री ज्युले लोकेशन कन्फर्म गरिसक्नुभएको छ,’ उनले भने।

लामिछानेले तीन दिनअघि मात्रै मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको पनि बताए। लामिछानेले यस अघि जीबी राईलाई आकाश पाताल जहांँ भपनि समाप्ने बताएका थिए । तर उनी गृहमन्त्री भएको १ सय दिन भन्दा बढी भइसक्दा समेत सहकारी अपचलनकर्ता राईलाई प्रकाउ गर्न सकेका छन् । त्यसो त सहकारी बचतको अपचलनको आरोप लागेका लामिछाने आफै संसदीय समितिको छानबिनको दायरामा छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ५८ बजे