काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भएको छ ।
सभामुख निवासमा भएको छलफलमा कर्मचारी आन्दोलनबारे सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरे ।
आजै संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।
संघीय संसद सचिालयका कर्मचारीले अतिरिक्त समय काम गरेवापतको भत्ता र घरभाडा वृद्धि लगायतका माग राखेर चरणबद्ध आन्दोलन गरिरहेका छन् ।