१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

संसदमा पाललो उपस्थित भएपछि प्रचण्डले भने–अवमूल्यन गरिएको हो ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा सांसदको उपस्थिति पातलो भएको गरेको भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएपछि उनले सदनमा प्रधानमन्त्री बोल्दा सबै सांसद उपस्थित हुने परम्परा रहेको स्मरण गरे ।

अनुपस्थित भएर प्रधानमन्त्रीलाई भन्दा पनि आफूले आफैँलाई अवमूल्यन गरेको ठहर हुने विश्वास व्यक्त गरे । “सदनको परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, आकस्मिकबाहेक सबै मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो । तर, क्रमशः त्यो पातलिन थालेको छ । यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला,” प्रधानमन्त्रीले भने, “यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित बिदा हुन्छु ।”

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ११ सांसदले प्रश्न सोधेका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  २ : १८ बजे