३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मर्यादा पालक लगाएर सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक



काठमाडौँ। गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन्। सभामुख कृष्णप्रसाद धितालले सांसद फणिन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा जान रोकेका हुन्

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो। माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका थिए।

उनको रिटउपर सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिँदै सांसद पद खारेज नहुने आदेश दिएको थियो।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्विप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : ३४ बजे