काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष पद थप्ने निर्णय गरेको छ ।आज आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय गरेको छ ।
अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ । पार्टी नेतृत्व निम्ति नेताहरू आफ्नो दाबेदारी प्रस्तुत गर्दैैछन् । अध्यक्षमा माधवकुमार नेपालको स्वभाविक दाबी छ ।
उता ‘सम्मानित नेता’ झलनाथ खनाल अध्यक्षको दौडबाट बाहिरिँदै महासचिव घनश्याम भुसाललाई औपचारिक समर्थन गरेका छन् । अध्यक्षमा नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।