४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै



। नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे बस्नेछ।

यही असार १७ गते नेकपा (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो।

आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले जानकारी दिए।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  १० : ५९ बजे