२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।

“प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुहुनेछ,” संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ, “उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।” प्रधानमन्त्री दाहालको पक्षमा अ माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २२ बजे