८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

स्वास्थ्यमन्त्रीको पद सम्हाल्दै पौडेलले गरे यी दुई निर्णय, लगाएनन् मालाखादा



काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेका छन् । सोमबार पदभार ग्रहण गरेका पौडेलले उनले दुईवटा निर्णय गरेका हुन् ।यस्तै उनले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।
क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । नवनियुक्त मन्त्री पौडलले शुभकामना दिन आउँदा सबैमा माला, खादा, उपहार जस्ता चीजहरु नल्याइदिनु हुन आग्रह गरेका छन् । प्रभावकारी गर्न नगर्दासम्म खाँदा र माला नलगाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : २७ बजे