काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०र०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०र०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो ।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले ६७७ अर्ब आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि आर्थिक वर्ष २०८०र०८१ मा ५३१ अर्ब मात्रै आन्तरिक राजश्व सङ्कलन भएको हो । चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७०१ अर्बको राजस्व लक्ष्य तोकिएर आएको राजश्व कार्यालयले जनाएको छ ।
उनले ७०१ अर्बको राजस्व लक्ष्य मुलुकभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर अर्थ मन्त्रालयले पठाएको हो । आन्तरिक राजस्व विभागले वार्षिक कार्ययोजना बनाएर अर्थ मन्त्रालयमा पठाएको बताएको छ ।
सूचना अधिकारी गुप्ताले करको दायरा बढाउने, कर परिपालना गराउने कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजस्व लक्ष्य पूरा गर्ने रणनीति विभागले लिएको हो । चालु आर्थिक वर्षको सुरुवातसँगै सरकारले भ्याटमा दर्ता हुने कम्पनीको थ्रेसहोल्डमा परिमार्जन गरी २० लाखको सिमा बढेर अहिले ३० लाख पुगेको बताए ।
अब कारोबार २० लाख कटेका कम्पनीहरु भ्याटमा दर्ता गर्न आवश्यक भएको छ । आर्थिक वर्ष मूल्य अभिवृद्धिकरमा भएको व्यवस्था अनुसार कर विजकको ढाँचा पनि यो वर्ष संशोधन भएको छ । अहिले विजकको ढाँचामा कोलम राखेर परिमार्जन भएको भन्दै नयाँ ढाँचा अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले एचएस कोर्ड राखेर बिल जारी गर्नुपर्ने व्यवस्था लागू भएको हो ।
‘‘गत वर्ष ६७७ अर्ब आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । आर्थिक वर्ष २०८०र०८१ मा आन्तरिक राजस्व ५३१ अर्ब सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७०१ अर्बको राजस्व लक्ष्य तोकिएर आएको छ । ७०१ अर्बको राजस्व लक्ष्य ८४ वटा आन्तरिक राजस्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर पठाएको अवस्था छ ।