काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुई दिने बन्द कार्यशाला शुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको कार्याशालाले पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको रास्वपाले जनाएको छ ।
साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज क्याम्प)सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कार्यशाला भोलिसम्म चल्नेछ।