काठमाडौं । जीवनराम श्रेष्ठले नेकपा एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।उपमहासचिव पदमा पराजित भएपछि उनले राजीनामा दिएका हुन् ।
मंगलबार भएको निर्वाचनमा उनी उपमहासचिव पदमा पराजित भएका थिए । उनले ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो ।
उनले उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । यता महिला उपाध्यक्षमा रामकुमारी झांकी समेत पराजित भइन् ।