काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउने कुरा लोकतन्त्र बिपरित रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सबैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुख हटाउने कुरा स्वीकार्य नहुने बताएका छन् ।
‘आज बिहान आएका समाचारहरू हेर्दा लाग्छ( यो राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्दैछ। उपसभामुखलाई महाभियोग लगाउने कुरा राजनीतिक पार्टीहरू बसेर सल्लाह गर्ने कुरा कहिल्यै पनि लोकतन्त्रका लागि मान्य हुँदैन,’ प्रमुख सचेतक परियारले भने।
संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा उससभामुखलाई पदबाट हटाउन दलहरू लागेको उनको भनाइ छ। ‘रास्वपा लोकतन्त्रका लागि सधैं लड्नेछ, एउटा मुद्दा गुमाउला,’ उनले भने। सोमबार सत्तारुढ दलले उपसभामुखलाई हटाउने सहमत भएका छन् । उपसभामुख राना रास्वपाबाट सांसद भएकी हुन् ।