काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बृद्धि भएको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ ।