९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड



काठमाडौं । आज विश्वकर्मा पूजा, भगवान् विश्वकर्माको पूजा गर्न काठमाडौँको भद्रकाली लगायतका स्थानहरूमा भीड रहेको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । पाटपुर्जाको पुजा गर्दा लामो समय टिक्ने बिश्वास समेत गरिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : १४ बजे